KTM Post Logo
Nepal Voices

समाचार प्रकाशन प्रकरणमा किशोर श्रेष्ठलाई सर्वोच्चको राहत

📰
KTM Post

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई हिरासतबाट मुक्त गर्न आदेश दिएको छ। न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

श्रेष्ठलाई जनआस्था अनलाइनमा प्रकाशित समाचार र तस्बिरका सम्बन्धमा वैयक्तिक गोपनीयताको हक हनन गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो। उक्त सामग्रीमा प्रयोग गरिएको तस्बिर उजुरीकर्ताले आफैँ सामाजिक सञ्जालमा सार्वजनिक गरेको देखिएको विषयलाई पनि अदालतले ध्यानमा राखेको छ।

सर्वोच्चले श्रेष्ठलाई हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको भन्दै उनलाई हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान अघि बढाउन प्रहरीलाई आदेश दिएको छ। साथै, प्रहरीले उनको घर तथा कार्यालयबाट बरामद गरेका विद्युतीय उपकरणहरू फिर्ता गर्नसमेत आदेश दिएको छ।

अदालतले समाचार प्रकाशनकै आधारमा सम्पादक वा प्रकाशकलाई गिरफ्तार गरी थुनामा राख्न मिल्ने अवस्था नदेखिएको उल्लेख गरेको छ। यद्यपि, प्रकाशित सामग्रीबाट गोपनीयताको हक हनन भए वा नभएको विषय भने सम्बन्धित अदालतबाट कानुनी प्रक्रियामार्फत निरूपण हुने स्पष्ट पारेको छ।

सर्वोच्चको आदेशसँगै श्रेष्ठलाई हिरासतबाहिर राखेर अनुसन्धान अघि बढाउने बाटो खुलेको छ। यो आदेशले प्रेस स्वतन्त्रता र व्यक्तिको गोपनीयताको अधिकारबीच सन्तुलन कायम गर्नुपर्ने विषयलाई समेत पुनः चर्चामा ल्याएको छ।

सम्बन्धित समाचार

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी, कानुनी र प्राविधिक अध्ययन सुरु 1

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने तयारी, कानुनी र प्राविधिक अध्ययन सुरु

काठमाडौं, ६ भदौ २०८३ । विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार उपलब्ध गराउने विषयमा निर्वाचन आयोगले औपचारिक रूपमा अध्ययन अघि बढाएको छ। लामो...

चेक बाउन्स पीडितलाई राहत, सर्वोच्चले ५ वर्षे हदम्याद कायम गर्‍यो 1

चेक बाउन्स पीडितलाई राहत, सर्वोच्चले ५ वर्षे हदम्याद कायम गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले पुराना चेक बाउन्स अर्थात् चेक अनादरका घटनामा पाँच वर्षे हदम्याद कायमै रहने फैसला गरेको छ। बैंकिङ कसुर तथा सजाय ऐनमा...

विभागको निर्देशन अटेर गर्ने ‘आरके म्यानपावर’लाई ३ लाख जरिवाना, पहिलोपटक चेतावनी 1

विभागको निर्देशन अटेर गर्ने ‘आरके म्यानपावर’लाई ३ लाख जरिवाना, पहिलोपटक चेतावनी

काठमाडौं । वैदेशिक रोजगारसम्बन्धी कानुनी प्रावधान उल्लंघन गरेको भन्दै वैदेशिक रोजगार विभागले आरके म्यानपावर ग्रुप प्रालिमाथि कारबाही गरेको छ। विभागले...