Express Nepal — नेपालको अग्रणी समाचार पोर्टल | ताजा, तथ्यपूर्ण र विश्वसनीय समाचार Logo
Express Nepal Logo

जलन उपचारमा महानगरको नयाँ पहल, विपन्नले पाउनेछन् २ लाखसम्मको सुविधा

Express Nepal
📰
KTM Post

काठमाडौं । आर्थिक अवस्था कमजोर भएका जलनपीडितलाई उपचारमा सहज पहुँच दिलाउने उद्देश्यले काठमाडौं महानगरपालिकाले नयाँ व्यवस्था अघि सारेको छ। महानगरपालिकाले लक्षित वर्गका बिरामीलाई प्रति व्यक्ति २ लाख रुपैयाँसम्मको जलन उपचार खर्च निःशुल्क उपलब्ध गराउने भएको हो।

यसका लागि काठमाडौं महानगरपालिका र कीर्तिपुर अस्पताल (जनस्वास्थ्य सरोकार ट्रस्ट) बीच सम्झौता भएको छ। सम्झौताअनुसार विपन्न, हिंसाबाट प्रभावित तथा बेवारिसे अवस्थामा रहेका जलनपीडितले महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसका आधारमा उपचार सुविधा पाउनेछन्।

कार्यक्रम सञ्चालनका लागि महानगरपालिकाले अस्पताललाई २ करोड रुपैयाँ बराबरको सहयोग उपलब्ध गराएको छ। उक्त रकम उपचार सेवाका लागि आवश्यक उपकरण तथा अन्य व्यवस्थापनमा समेत प्रयोग गरिनेछ।

महानगरले सहयोग गरेको रकममध्ये १ करोड रुपैयाँ छुट्टै ‘जलन उपचार कोष’ का रूपमा राखिने भएको छ। यही कोषबाट लक्षित वर्गका बिरामीको उपचारमा प्रतिव्यक्ति अधिकतम २ लाख रुपैयाँसम्म खर्च व्यहोर्ने व्यवस्था गरिएको छ। चालु आर्थिक वर्षमा कोषको रकम पूर्ण रूपमा खर्च नभए बाँकी रकम आगामी वर्षमा पनि जलन उपचारकै लागि प्रयोग गरिने बताइएको छ।

जलनका बिरामीलाई उपचारका लागि अस्पताल पुर्‍याएपछि आर्थिक अभावका कारण उपचार रोक्नुपर्ने अवस्था नआओस् भन्ने उद्देश्यले कार्यक्रम ल्याइएको महानगरपालिकाले जनाएको छ। विशेषगरी आगलागी, दुर्घटना वा अन्य कारणले गम्भीर जलन भएका तर उपचार खर्च जुटाउन नसक्ने परिवारलाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ।

महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावकै कारण कसैले जलनको उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको बताएकी छन्। उनका अनुसार बिरामीलाई अस्पताल पुर्‍याएपछि उपचार खर्चको जोहो गर्न परिवारले तत्कालै भौतारिनुपर्ने अवस्था कम गर्न यो व्यवस्था उपयोगी हुने अपेक्षा गरिएको छ।

यो कार्यक्रमले जलन उपचारमा आर्थिक पहुँचको समस्या भोगिरहेका विपन्न नागरिकलाई प्रत्यक्ष सहयोग पुग्ने देखिन्छ। साथै, जलनका गम्भीर बिरामीलाई समयमै अस्पताल पुर्‍याएर उपचार सुरु गर्न प्रोत्साहन मिल्ने महानगरको विश्वास छ।

सम्बन्धित समाचार

महासभामा नेपालको तयारी तीव्र, जलवायु र राष्ट्रिय हितका विषय उठाइने 1

महासभामा नेपालको तयारी तीव्र, जलवायु र राष्ट्रिय हितका विषय उठाइने

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा नेपालले प्रधानमन्त्रीको नेतृत्वमा प्रतिनिधित्व गर्ने भएको छ। आगामी महासभामा सहभागी हुन प्रधानमन्त्रीको...

राप्रपामा रूपान्तरण र पुस्तान्तरणको बहस चर्काउँदै ज्ञानेन्द्र शाही 1

राप्रपामा रूपान्तरण र पुस्तान्तरणको बहस चर्काउँदै ज्ञानेन्द्र शाही

काठमाडौं — राष्ट्रिय प्रजातन्त्र पार्टी ले देशभर जिल्ला अधिवेशनमार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाइरहेका बेला पार्टीभित्र नेतृत्व परिवर्तन,...

माइतीघरमा राति बस्न राखिएका टेन्ट हटाउँदै प्रहरी 1

माइतीघरमा राति बस्न राखिएका टेन्ट हटाउँदै प्रहरी

काठमाडौं — काठमाडौंको माइतीघर मण्डलमा लामो समयदेखि धर्ना तथा प्रदर्शन गर्दै आएका व्यक्तिहरूले राखेका टेन्ट प्रहरीले हटाएको छ। रातको समयमा माइतीघरमै...

कांग्रेसको विवादले विभाजनको रूप लिन सक्छ : शशांक कोइराला 1

कांग्रेसको विवादले विभाजनको रूप लिन सक्छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसभित्र महाधिवेशनको प्रक्रिया र पार्टीको आधिकारिक नेतृत्वलाई लिएर देखिएको विवाद थप गहिरिँदै गएको छ। कांग्रेसका...