Express Nepal — नेपालको अग्रणी समाचार पोर्टल | ताजा, तथ्यपूर्ण र विश्वसनीय समाचार Logo
Express Nepal Logo

नेपालको राष्ट्रिय दिवसमा जयशंकरको शुभकामना, सम्बन्ध विस्तारमा भारतको जोड

Express Nepal
📰
KTM Post

काठमाडौं । भारतका विदेशमन्त्री एस. जयशंकरले नेपालको राष्ट्रिय दिवसका अवसरमा नेपाली जनता, नेपाल सरकार तथा परराष्ट्रमन्त्री शिशिर खनाललाई शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत सन्देश सार्वजनिक गर्दै उनले नेपाल र भारतबीचको लामो समयदेखिको सम्बन्धलाई आगामी दिनमा अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

जयशंकरले नेपालसँग भारतको सम्बन्धलाई गहिरो र दीर्घकालीन मित्रताका रूपमा उल्लेख गर्दै आपसी सहकार्यलाई निरन्तरता दिने संकेत गरेका छन्। उनको सन्देश संविधान दिवसका अवसरमा आएको हो, तर उनले आफ्नो सार्वजनिक सन्देशमा ‘संविधान दिवस’ भन्दा ‘राष्ट्रिय दिवस’ शब्द प्रयोग गरेका छन्।

जयशंकरको शुभकामना यस्तो समयमा आएको हो, जतिबेला नेपाल र भारतबीच उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भइरहेको छ। शुक्रबार मात्रै भारत भ्रमणमा रहेका अर्थमन्त्री स्वर्णिम वाग्लेले जयशंकरसँग नयाँदिल्लीमा भेटवार्ता गरेका थिए। उक्त भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध विस्तारसँगै लगानी, ऊर्जा र कनेक्टिभिटीका विषयमा छलफल भएको थियो।

भेटवार्ताका क्रममा अर्थमन्त्री वाग्लेले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि उद्धार तथा राहतमा भारतले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए। पछिल्लो विपद्का क्रममा भारतले राहत सामग्री, उद्धार उपकरण तथा आवश्यक सहयोग नेपाल पठाएको थियो।

नेपाल–भारत सम्बन्धमा व्यापार, ऊर्जा, पूर्वाधार, सीमा आवागमन तथा कनेक्टिभिटी लामो समयदेखि प्रमुख सहकार्यका क्षेत्र रहँदै आएका छन्। पछिल्लो भेटवार्ताले पनि आर्थिक साझेदारीलाई थप विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको देखिएको छ।

जयशंकरको पछिल्लो शुभकामना सन्देशलाई दुई देशबीचको नियमित उच्चस्तरीय सम्पर्ककै निरन्तरताका रूपमा हेरिएको छ। आगामी दिनमा लगानी, ऊर्जा र पूर्वाधारजस्ता क्षेत्रमा हुने ठोस सहकार्यले दुई देशबीचको सम्बन्धलाई व्यवहारिक रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

महाधिवेशनबाट संविधान सुधारको स्पष्ट खाका ल्याउने गगन थापाको भनाइ 1

महाधिवेशनबाट संविधान सुधारको स्पष्ट खाका ल्याउने गगन थापाको भनाइ

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशन संविधानका आधारभूत मूल्य र मान्यतालाई थप मजबुत बनाउने दिशामा केन्द्रित...

चार जिल्लामा भारी वर्षा, थप वर्षाको सम्भावना 1

चार जिल्लामा भारी वर्षा, थप वर्षाको सम्भावना

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा सक्रिय भएको छ। विशेषगरी संखुवासभा, बर्दिया, चितवन र सर्लाहीका केही क्षेत्रमा भारी वर्षा...

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण माग्दै विभाग, सरोकारवालासँग छलफल 1

बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण माग्दै विभाग, सरोकारवालासँग छलफल

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट यातायात तथा ढुवानी क्षेत्रमा पुगेको क्षतिको यथार्थ विवरण संकलन गर्न यातायात व्यवस्था विभागले...

जलवायु कूटनीतिलाई छिमेकी सम्बन्धसँग जोड्नुपर्नेमा जोड, अनुसन्धान र लगानी विस्तारको प्रस्ताव 1

जलवायु कूटनीतिलाई छिमेकी सम्बन्धसँग जोड्नुपर्नेमा जोड, अनुसन्धान र लगानी विस्तारको प्रस्ताव

काठमाडौँ — नेपालले जलवायु परिवर्तनका कारण बढ्दै गएका जोखिमलाई सामना गर्न जलवायु कूटनीतिलाई भारत, चीनलगायत छिमेकी मुलुकसँगको सम्बन्ध विस्तारसँग जोडेर...