Express Nepal — नेपालको अग्रणी समाचार पोर्टल | ताजा, तथ्यपूर्ण र विश्वसनीय समाचार Logo
Express Nepal Logo

नयाँ हजारको नोट चलनमा, नेपाली कला र सम्पदालाई दिइयो विशेष स्थान

Bhuban Dai
📰
KTM Post

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रचलनमा ल्याएको छ। नयाँ नोटको आकार भने यसअघि चल्दै आएको हजार रुपैयाँकै नोटसरह राखिएको छ। तर यसको रङ, डिजाइन तथा केही सुरक्षण विशेषतामा परिवर्तन गरिएको छ।

नयाँ नोटमा हल्का हरियो र बैजनी रङको संयोजन देखिन्छ। नोटको डिजाइनमा नेपालको प्राकृतिक तथा सांस्कृतिक पहिचान झल्काउने विभिन्न प्रतीक समावेश गरिएका छन्। सगरमाथा, लालीगुराँस, हात्ती र ऐतिहासिक सम्पदालाई नोटमा स्थान दिइएको छ।

सुरक्षाका लागि थप विशेषता

नोटमा नक्कली उत्पादन रोक्न विभिन्न सुरक्षण प्रविधि प्रयोग गरिएको छ। पानीछापमा लालीगुराँस र १ हजारको अंक राखिएको छ भने प्रकाशतर्फ हेर्दा पूर्ण अंक देखिने ‘सि थ्रु रजिस्टर’ पनि समावेश छ।

त्यस्तै, नोटमा चलायमान सुरक्षण धागो राखिएको छ। सामान्य अवस्थामा रातो देखिने यो धागो नोटलाई ढल्काएर हेर्दा हरियो देखिन्छ। त्यसमा ‘NRB’ र ‘१०००’ अंकसमेत राखिएको छ।

दृष्टिविहीन नागरिकलाई नोट छुट्याउन सहज बनाउने उद्देश्यले विशेष संकेत पनि राखिएको छ। नोटको तल्लो भागमा १ हजारलाई जनाउने ‘M’ तथा निश्चित स्थानमा तेर्सा रेखाहरू राखिएका छन्।

अगाडिको भागमा सगरमाथा, पछाडि जुम्ल्याहा हात्ती

नोटको अगाडिको भागमा नेपालको पहिचानसँग जोडिएको सगरमाथाको चित्रलाई प्रमुख स्थान दिइएको छ। साथै लालीगुराँसको पानीछाप र सुरक्षणका अन्य संकेतहरू समावेश छन्।

पछाडिको भागमा भने चितवनस्थित सरकारी हात्तीसारमा रहेका दुर्लभ जुम्ल्याहा हात्ती ‘राम’ र ‘लक्ष्मण’को चित्र राखिएको छ। यी हात्तीहरू देवकली मनी नामक हात्तीबाट जन्मिएका जुम्ल्याहा सन्तानका रूपमा नोटमा चित्रित छन्।

नोटमा नेपालको सात प्रदेशलाई संकेत गर्ने गरी सातवटा लालीगुराँसका आकृतिसमेत प्रयोग गरिएको छ। यसले नोटको डिजाइनलाई नेपालको भौगोलिक तथा सांस्कृतिक विविधतासँग जोड्ने प्रयास गरेको देखिन्छ।

ऐतिहासिक सम्पदालाई पनि स्थान

नयाँ नोटमा प्राकृतिक सम्पदासँगै काठमाडौंको ऐतिहासिक सम्पदालाई पनि समेटिएको छ। पछाडिको भागमा हनुमानढोकास्थित व्हीचोकमा रहेको ऐतिहासिक थामको आकृति राखिएको छ।

नोटको सिरिजमा ‘2025 A.D.’ उल्लेख गरिएको छ भने नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलको हस्ताक्षरसमेत रहेको छ।

नयाँ डिजाइन सार्वजनिक भएसँगै दैनिक कारोबारमा प्रयोग हुने नोटमार्फत नेपालको प्राकृतिक सौन्दर्य, वन्यजन्तु, संस्कृति र सम्पदालाई प्रस्तुत गर्ने प्रयास गरिएको छ। यसले नोटलाई केवल कारोबारको माध्यम नभई नेपालको पहिचान झल्काउने एउटा महत्वपूर्ण दस्तावेजका रूपमा समेत प्रस्तुत गरेको छ।

सम्बन्धित समाचार

सेयर बजारमा व्यापक गिरावट, कारोबार रकम पनि घट्यो 1

सेयर बजारमा व्यापक गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं । साताको कारोबारमा बुधबार नेपाली सेयर बजार दबाबमा परेको छ । बजारमा सूचीकृत अधिकांश समूहका सूचक ओरालो लाग्दा नेप्से परिसूचक पनि उल्लेख्य...

सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्तावमाथि निर्णय हुने 1

सिद्धार्थ बैंकले बोलायो वार्षिक साधारण सभा, लाभांश प्रस्तावमाथि निर्णय हुने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले प्रस्तावित लाभांशलाई अन्तिम स्वीकृति दिन वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकको सञ्चालक समितिले यसअघि प्रस्ताव...

सञ्चालनमा आयो टंगालको भाटभटेनी 1

सञ्चालनमा आयो टंगालको भाटभटेनी

काठमाडौं । काठमाडौंको टंगालस्थित भाटभटेनी सुपरमार्केट पुनर्निर्माणपछि सोमबारदेखि पुनः सञ्चालनमा आएको छ। गत वर्ष भदौ २४ गते भएको आन्दोलनका क्रममा...

१५ प्रतिशत नगद प्रतिफलका लागि हिमालयन ८०–२० को आज अन्तिम मौका 1

१५ प्रतिशत नगद प्रतिफलका लागि हिमालयन ८०–२० को आज अन्तिम मौका

काठमाडौं । हिमालयन ८०–२० म्युचुअल फन्डका इकाइधनीका लागि १५ प्रतिशत नगद प्रतिफल प्राप्त गर्ने अवसर सुरक्षित गर्न आज अर्थात् असोज ५ गते अन्तिम दिन...